logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार मुद्दामा सफाइ पाएका सिद्धबाबा पुगे उच्च अदालत


अंकुरण खबर
1.339K
Shares

जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन् ।

आफ्ना अनुयायीसहित पुगेका गिरीले जिल्लाको आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालतमा निवेदन दिएका हुन् ।

एक महिला अनुयायीमाथि बलात्कार गरेको अभियोगमा उनलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । गत मंसिर २२ गते न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले महिला अनुयायीसँग सहमतिमा करणी भएको भन्दै सिद्धबाबालाई सफाइ दिएको थियो ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार जिल्लाको फैसलामा भनिएजस्तो सहमतिमा करणी भएको दाबीसहित सिद्धबाबाले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

फैसलामा लेखिएको सहमति करणी भन्ने व्यहोरा त्रुटिपूर्ण भएको उल्लेख गर्दै करणी नभएकाले जिल्लाको फैसला उल्टाइ आफूलाई सफाइ दिनुपर्ने गिरीले माग गरेका छन् ।