logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा निवास बुढानिलकण्ठमा तीन दलको बैठक शुरु


अंकुरण खबर
2.548K
Shares

नयाँ सरकार गठनको लागि प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक देउवा निवास बुढानिलकण्ठमा शुरू भएको छ ।

बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधी, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका छन् ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्ता समिकरणमा अग्रसरता लिने निर्णय गरेको धेरै दिनपछि देउवाले बैठक बोलाएका हुन् ।

माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवालाई आग्रह गरेको थियो ।