logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २८८ जना कोरोना संक्रमित, १२७ जना डिस्चार्ज


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पिसिआर परीक्षण गर्दा २८८ जनामा कोरोना पोजिटिभ आएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

गत २४ घण्टामा १२७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म नेपालमा ३ हजार ३८ कोरोना संक्रमितको मृत्यु भएको छ । हाल ८४ जना क्वारेन्टाइनमा रहेका छन् ।