logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ३३७ जना कोरोना संक्रमित, १५१ जना डिस्चार्ज


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ८ सय जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

शनिबार १ सय ५१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ जना पुगेको छ ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको तथ्यांक प्राप्त भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३९ पुगेको छ ।