logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निवार्चित


अंकुरण खबर
598
Shares

नेपाल पत्रकार महासंघको नयाँ अध्यक्षमा विपुल पोखरेल निवार्चित भएका छन्।

आज सकिएको मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेल भारी मतअन्तरका साथ विजयी भएका हुन्।

मतगणना सकिए पनि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन।

पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा काँग्रेस निकट प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो। विपुल प्यानल जित सुनिश्चित भएको हो। अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन्।

विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइ दिएर विजयोत्सव मनाइरहेको छ।

५ गते भएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित भएका छन्।
यस्तै, सचिवमा गोविन्द चौलागाईँ, सृजना अर्याल, नारायण सुन्दर किलम्बु, दीपेन्द्र चौहान, हेमकर्ण बिक र पवन आचार्य विजयी भएका छन्।

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।