logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह


अंकुरण खबर
988
Shares

प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

शनिबार काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कोभिड १९ को सावधानीपुर्वक सामना गर्नुको विकल्प नभएको बताए।

प्रधानमन्त्री ओलीले सामाजिक जीवनलाई खलबलिन नदिनेगरी अनुशासित ढंगले आफ्ना क्रियाकलापलाई निरन्तरता दिनुपर्ने तर्फ सबै सचेत हुन आवश्यक रहेको बताए।

सचेतता अपनाईएन भने फेरि पनि लकडानमा जानुपर्ने हुनसक्ने भन्दै उनले पर्याप्त सावधान रहेर अनुशासित बन्न आग्रह गरे।

उनले भने “लकडाउन गर्नै हुदैन भन्ने देशहरु दोहोर्याएर तेहर्याएर लकडाउनमा जादैछन् । हामीले पनि समयमै सचेतनता अपनाएनौ भने, सावधानी अपनाएनौ भने फेरि हामी लकडाउनमा पुग्दैनौ भन्ने कुनै ग्यारेण्टी हुदैन । हामी आफै घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुन्छौ किनभने ज्यान खतरामा हुन्छ । सेकेण्ड वेभ, थर्ड वेभ आईरेको भन्छौ नि । त्यो वेभ कसरी आउँछ रु‘ त्यसले केही पनि बुझ्दैन । त्यो त यति सानो छ कि । त्यसको बुझ्ने खालको गिदि हुदैन । केही पनि बुझ्दैन त्यसले । सेकेण्ड वेभ पनि बुझ्दैन । थर्ड वेभ पनि बुझ्दैन । हामी जति छाडा हुन्छौ त्यत्ति चम्किन्छ । जति नियन्त्रित हुन्छौ त्यसले खुम्चिन बाध्य हुन्छ । त्यो सिद्धिन बाध्य हुन्छ । हाम्रो व्यवहारमा त्यो निर्भर हुन्छ । ‘हामीले मास्क लगाउन छोडिदियौ फेरी सर्न सुरु भयो । हामीले अनुशासित पन आउन समय लाग्यो भने बढ्दै जान्छ । जब अनुशासित हुन्छौ तब घट्दै जान्छ । ”

उद्योग बाणिज्य महासंघले ल्याएको आर्थिक रुपान्तरण सम्बन्धी प्रतिवद्धता सकारात्मक कदम भएको भन्दै उनले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औल्याए।

सन् २०३० सम्म दिगो विकासका सबै लक्ष्य हासिल गरि विकसित मुलुकको रुपमा उभ्याउने राष्ट्रिय आकांक्षा पुरा गर्ने उद्देश्य साथ सरकार अघि बढीरहेको भन्दै उनले त्यसमा बिलम्ब हुने गरि कसैले काम गर्न नहुने तर्फ सचेत गराए।

दिगो विकासका लक्ष्य सन् २०३० सम्म पुरा गर्नुपर्ने भएकाले तिब्र विकासमा जानै पर्ने बाध्यता सरकारलाई रहेको उनले स्पष्ट पारे।