logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने


अंकुरण खबर
1.677K
Shares

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ ।

पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजे पश्चातलाई बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएका हुन् ।

आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ । साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेसनलाई केन्द्रबिन्दुमा राखेर नेताहरुबीच छलफल हुनेछ ।