पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन्।
निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वार पुगेका हुन्।
हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्वराजा शाहको भव्य स्वागत गरिएको छ।
उनले माँ दक्षिणकालीको पूजा अर्चना गरेका छन्। उनलाई त्यहाँ रहेका नेपालीहरूले पनि भेटेका छन्।
अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष श्री महंत नरेंद्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष श्री महंत रविन्द्र पुरी लगायतका अन्य थुप्रै साधु संतले उनलाई स्वागत गर्दै आशीर्वाद दिने छन्।
पूर्वराजा शाह आज र भोलि हरिद्वारमै आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन्।