काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव फेला परेको छ ।
गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो ।
स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।