काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।
आइतबार बिहान करिब ११ बजे बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट आगलागी सुरू भएको जनाइएको छ ।
डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, तीनवटा दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने तयारी गरिएको छ ।