logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको प्रस्तावमा निर्णय लिन जसपा पदाधिकारी बैठक


अंकुरण खबर
689
Shares

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणका लागि गरेको प्रस्तावलाई लिएर जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक अहिले बालकुमारीमा बसिरहेको छ।

कांग्रेसले सत्ता सहकार्यका लागि गरेको प्रस्तावलाई लिएर एक मत बनाउन जसपा पदाधिकारी बैठक बसेको हो।

बैठकमा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राईसहितका नेताहरु सहभागी छन्।

आजको बैठकमा यादव र भट्टराईले ठाकुरमाथि कांग्रेससँग मिल्ने दबाब बढाउने भएका छन्। तर ठाकुर भने केपी शर्मा ओली नेतृत्वकै सरकारसँग सहकार्य गर्ने कुरामा अड्डी कसेर बसेका छन्।