पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १ सय २५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ ।
आइतबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमित २९६१ जना रहेका छन् ।