logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नगदसहित तास खेलिरहेका ११ जना पक्राउ


अंकुरण खबर
1.287K
Shares

काठमाडौं महानगरपालिका २६ केशरमहलस्थित होटल आर्य ताराको पाँचौ तल्लाको कोठाबाट तास खेलिरहेको अवस्थामा काभ्रे धुलिखेल नगरपालिका ६ घर भएका ३६ वर्षीय अर्जुन लामा समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख २६ हजार रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।