चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
गए राती ७ बजे नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आईरहेको ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा खड्ग लामा, गगन महतो, सितारामा श्रेष्ठ र छनिया महतो रहेका छन् भने अर्का एक जनाको खनाखत हुन सकेको छैन ।
ट्याक्टर सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्याक्टरमा २५ जना सवार रहेका थिए । ट्याकटरमा सवार अन्य गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइतेहरुको सरकारी अस्पताल, पुरानो सीएमएस र सीएमसीमा उपचार भइरहेको छ ।