logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
910
Shares

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए।

प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो। उनको आज विहान ५ बजे निधन भएको हो।

त्यस्तै चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

दुवै जनामा निमोनियाको समस्या रहेको गौतमको भनाइ छ।