संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।
बैठकमा पेश गर्ने एजेन्डाबारे छलफल गर्न आइतबार पार्टी पदाधिकारीहरुको बैठक बसेको थियो । आइतबार नै पूर्वपदाधिकारीहरुको बैठकसमेत बसेको थियो ।
तर, सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठक भने स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्न निर्देशन दिएकाले स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पारिवारिक शोक परेकोले केन्द्रीय समिति बैठक स्थगित गरिएको मुख्यसचिव पौडेलले बताए ।
पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएको थियो ।
सोमबार स्थगित गरिएको बैठक अब कहिले बस्छ भनेर मिति तोकिएको छैन । कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको मिति आज (चैत ३० गते, सोमबार) सम्म तोकेको थियो ।
आजको बैठकले क्रियाशील बाँड्ने समय थप गर्ने अपेक्षा गरिएको थियो ।