logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एमालेमा प्रवेश गरेका माओवादीका चार प्रदेश सांसद पदमुक्त


अंकुरण खबर
2.171K
Shares

एमालेलेमा प्रवेश गरेका प्रदेश २ का माओवादी केन्द्रका चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

एमाले प्रवेश गरेका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको पद खोसिएको हो।

माओवादी केन्द्रलेले मण्डल, कुश्वाहा, साह र समिरलाई काबारही गरेको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाए पछि उनीहरुको प्रदेशसभा सदस्य पद गुमेको हो।

एमालेमा प्रवेश गरेपछि चारैजना माओवादी केन्द्रले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो। चार सदस्य पदमुक्त भएपछि प्रदेश २ सभामा अब माओवादीका ७ जना सदस्य मात्र भएका छन्।

माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरू थिए भने चारजना कारबाहीमा परेपछि अब सातजना प्रदेशसभा सदस्य मात्रै छन्।