logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्यालय बन्द गर्ने नगर्ने निर्णाय गर्ने जिम्मा स्थानीय सरकारलाई दिन सुझाव


अंकुरण खबर
2.054K
Shares

कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने-नगर्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

सोमबार शिक्षा मन्त्रलायले आयोजना गरेको छलफलमा सभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

छलफलमा सहभागीले कोरोनाको जोखिमलाई देखाएर तत्काल विद्यालय बन्द गर्ने निर्णय गर्न पनि सरकारलाई आग्रह गरेका छन् । उनीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्ने, तर विद्यालय बन्द गर्न नहुने बताएका थिए ।

छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले  कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार निर्णय गर्नुपर्ने बताए । उनले विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय गर्नु नहुन् बताए ।

यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेल, सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीलगायतले कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने बताउँदै विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको बताए ।