logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर एक दम्पतीको मृत्यु


अंकुरण खबर
1.833K
Shares

मकवानपुरको हेटौंडा उपमहानगर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीय अन्सुको सोमबार बिहान करिब ९ बजे करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा रहेको तारलाई फलामको डन्डीले उठाउन खोज्दा करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका पाख्रिन दम्पतीलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो ।

शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।