logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकुटेमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


अंकुरण खबर
910
Shares

सिन्धुपाल्चोकको सुकुटेमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट दोलखाको लागि छुट्टेको बा ३ ख ९६५८ नम्बर को बस र सुकुटेबाट काठमाडौं आउँदै गरेको बा ५९ प ६९८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका नारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख राजन अधिकारीले जानकारी दिए ।

दुर्घटनामा सोम बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि रिफर गरिएको छ ।