logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

तत्काल विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव


अंकुरण खबर
1.118K
Shares

तत्काल विद्यालय बन्द नगर्न सरोकारवालाहरुले शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्।

सोमबार बिहान शिक्षा मन्त्रालयमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा शैक्षिक संस्थाहरुमा अपनाउन सकिने सावधानी र संक्रमण नियन्त्रणको प्रयासबारे छलफल भएको हो।

शिक्षा सचिव रामप्रसाद थपलियासहित प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायतसँग छलफल भएको हो। अधिकांशले तत्काल विद्यालय बन्द नगर्ने तर सावधानीका उपायहरु अपनाउन सुझाव दिएको शिक्षा मन्त्रालयले जनाएको छ।

पछिल्ला दिनहरुमा संक्रमण बढ्न थालेको छ। शैक्षिक संस्थाहरुमा संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्द गर्नेबारे सोच बनाए पनि सरोकारवालाहरुले तत्काल विद्यालय बन्द नगर्न सुझाव दिएका छन्।