logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले  कोरोनाका कारण रोजगारी गुमाएकाहरूबारे केही सोचेन : गगन थापा


अंकुरण खबर
2.028K
Shares

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोनाका कारण उद्योग, खुद्रा व्यापार र पर्यटनमा लाखौंले रोजगारी गुमाए पनि  उनीहरुका पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै नेता थापाले वैदेशिक रोजगारमा रहेका लाखौं नेपालीले रोजगारी गुमाएको अवस्थामा चमत्कारी सरकारले कही गर्न नसकेको आरोप लगाएका हुन्।

‘कोरोना कालमा वैदेशिक रोजगारमा रहेका धेरैले जागिर गुमाए। दक्षिण कोरियाको भाषा तथा सीप  परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय र दुई हजार प्रतिबद्ध कामदार काठमाडौंमै यत्रतत्र छरिएर बसेका छन्। यिनीहरूका  पक्षमा चमत्कारी सरकारले केही गर्न सकेन’, उनले भने।

फिलिपिन्स, मालदिभ्स, श्रीलंका, म्यानमारका सरकारले जस्तो गरेको भए नेपाली कामदारले तड्पिएर बस्नुपर्ने अवस्था सिर्जना नहुने उनले बताए।