logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी छोडेका कर्णाली प्रदेशसभा सांसद रेग्मी पदमुक्त


अंकुरण खबर
2.288K
Shares

कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् ।

माओवादी छोडेर एमालेमा प्रवेश गरेपछि रेग्मी पदमुक्त भएका हुन् ।

सोमबार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सूचना जारी गर्दै रेग्मी पदमुक्त भएको जानकारी गराएका हुन् । माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते नै रेग्मीले दल त्याग गरेको जानकारी दिएको थियो ।

पदमुक्त भएका सांसद रेग्मी दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित हुन् । एमालेले उनलाई केन्द्रीय सदस्य र प्रदेश सचिवको जिम्मेवारी दिएको छ ।