logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीलाई ओलीको चुनौति : चाहिएन तिम्रो समर्थन, फिर्ता लैजाउ


अंकुरण खबर
2.613K
Shares

प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भने, ‘मेरो सरकार बहुमतको हो । जुन सरकारसँग बहुमत छ, बहुमतको सरकारले किन राजिनामा दिने । चाहिएको छैन तिम्रो समर्थन । फिर्ता लैजाउ ।’

माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गरे।

नेपालले टिकट त बाँड्लान् तर एक जना पनि जित्दैनन् भन्दै उनले भने, ‘टिकट त बसपार्कमा बाँढेको बाढ्यै छ नि । माधव नेपालले टिकट बाँढ्न सक्नुहुन्छ तर सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै जित्नुहुन्न ।’

आत्मालोचना गरेर आउन आग्रह गर्दै उनले भने , ‘गल्ती महशूस गरेर आउनुस् । बिना भेदभाव काम गर्न दिन्छु । तर गूटबन्दी हुँदैन चल्दैन । समूहगत रुपमा कुरा गरिन्न । व्यक्तिगत रुपमा व्यवहार गरिन्छ । माधव नेपालजी पार्टीमा आएर काम गर्छु भन्नु हुन्छ भने काम गर्नुस् । तर आत्मालोचना गरेर मात्रै ।’