logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ५५९ जना कोरोना संक्रमित, १३ जना संक्रमितको मृत्यु


अंकुरण खबर
637
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा ४ सय ९६ जना पिसिआर र ६३ जना एन्टीजेन परीक्षणमा गर्दा ५ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ३ सय ६ जना आइसोलेसनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ।

सोमबार १ सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ पुगेको छ ।

यस्तै, कुल संक्रमितमध्ये २ सय ११ जना मात्र उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ जना संक्रमित भेटिएको हो ।