दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने १८ घाइते भएका छन ।
सिन्धुपाल्चोकको तातोपानी नुहाएर दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिए ।
प्रदेश ३-०१०२३-७५८० नम्बरको बोलेरो राति १० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा विगु-३ का २४ वर्षीय विनोद केसी, ४५ वर्षीय अजित खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा विगु-३ का वडाध्यक्ष श्रीराम खड्का पनि घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरी निरीक्षक कोइरालाका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ । २ जनाको दोलखामै र १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।