मंगलबार नेपालाी बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज छापावाला सुन तोलमा एक सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।