logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्षको अन्तिम दिन आज, शेयर बजार हालसम्मकै उच्च विन्दुमा


अंकुरण खबर
845
Shares

२०७७ सालको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेले २७ सय अंक पार गरेर नयाँ रेकर्ड बनाएको छ ।

आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।

आज २३ अंकले बजार बढेर २७१४ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार आएको छ। ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

समूहगत रुपमा हेर्दा बैंकिङ ४२, ब्यापार ६९, विकास बैंक ९५, जलविद्युत ३१ र फाइनान्स समूह ३ अंकले बढे। होटल तथा पर्यटन ६५, निर्जीवन बीमा ८८, उत्पादन २१, अन्य ७ माइक्रोफाइनान्स १४ र जीवन बीमा समूह ५१ अंकले घटेका छन् ।

५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १६९९ रुपैयाँ, माउन्टेनको ८३३, ज्योतिको ५१४, सिन्धुको २४६, छ्याङ्दीको २६९ रुपैयाँ कायम भएको छ ।

ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा आज नबिल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य १३४८ बाट बढेर १३८० रुपैयाँ पुगेको छ ।

नेपाल बैंकको २८ करोड बराबरको कारोबार हुँदा मूल्य ४४३ बाट बढेर ४५९ रुपैयाँ पुगेको छ । यस्तै, एनआइसी एसिया बैंक, निफ्रा, नेपाल बंगलादेश बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए। ती सबै कम्पनीको मूल्य बढेको छ ।