सरकारले कोरोनाभाइरस संक्रमणबाट बच्दै नयाँ वर्ष मनाउन देशवासीलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै भीडभाड नगरिकन नयाँ वर्ष मनाउन आग्रह गरेको हो ।
यस वर्षको नयाँ वर्ष संकल्पको रुपमा महामारीबाट सुरक्षित हुनुपर्ने कुरालाई लिन पनि मन्त्रालयले आग्रह गरेको छ । स्यानिटाइज, मास्क र सोसल डिस्टेन्स विधिलाई पालना गर्न भनिएको छ ।
कोरोनाको यूके भेरिएन्ट फैलिएको भन्दै मन्त्रालयले सतर्क हुन भनेको हो ।