पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।
४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २ सय ३ जनाको पिसिआर परीक्षण भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६ सय ७० पुगेको छ ।
मंगलबार १ सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको छ ।
गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ ।
यस्तै, कुल संक्रमितमध्ये २ सय १ जना उपत्यकामा मात्र भेटिएका छन् । काठमाडौंमा १ सय ६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।