logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिसिल्डको दोस्रो डोज लगाउने तालिका सार्वजनिक


अंकुरण खबर
2.665K
Shares

सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरेको छ ।

गत माघ दोस्रो सातादेखि फागुन १० गतेसम्म पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो ।

बागमती सरकार सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार वैशाख ७ देखि ११ गतेसम्म काठमाडौं उपत्यकाका १९ वटा खोप केन्द्रमा गएर कोभिसिल्डको दोस्रो डोज लगाउन सकिनेछ ।

आफूलाई पायक पर्ने कुनै पनि स्थानमा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।