नेपालमा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ४२८९ जनाको पीसीआर परीक्षण गर्दा ५८० जना र ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस पुष्टि देखिएकोमा काठमाडौं उपत्यकामा मात्रै २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाकै कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । त्यस्तै १२९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्ला केही दिन यता छिमेकी मुलुक भारतको साथै अन्य देशमा पनि कोरोनासंक्रमण बढिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण दर दिनदिनै बढ्दो छ । यही कुरालाई मध्यनजर गर्दै सरकारले भीडभाड नगर्न, स्वास्थका सबै मापदण्ड अबलम्वन गर्न आग्रह गरेको छ ।