logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्ता कब्जा गर्न नपाएर प्रतिगमको हल्ला चलाए : प्रधानमन्त्री ओली


अंकुरण खबर
910
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले पद नपाएको झोकमा केही व्यक्तिले प्रधानमन्त्री प्रतिगमनकारी भन्ने हल्ला फिजाएको जीकिर गरेका छन् ।

बुधबार काठमाडौँमा द्वन्द्वपीडितहरुको सम्मानका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो जीकिर गरेका हुन् ।

माधब प्रचण्ड पक्षलाई इंकित गर्दै प्रधानमन्त्री ओलीले भने ‘केही आफू प्रधानमन्त्री हुन पाइनँ भनेर प्रतिगमन भो भनेर आँगनमा कराउन थालेका छन् ,त्यस्तै स्यालहुइँया चलाउदै छन् । के हो प्रतिगमन ? यिनीहरूले परिवर्तन नै देख्या रैनछन् क्या हो ।’

सत्ता कब्जा गर्न तम्सिएका केही व्यक्तिहरु अहिले घरको न घाटको भएको प्रधानमन्त्री ओलीले आरोप लगाए । उनले बिरोधकै बीच आफु नेतृत्वको सरकारले धेरै काम गरेको जसको प्रत्यक्ष अनुभूत जनताले गरेको दावी गरे ।