logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवामा टिप्पर दुर्घटना, दुई जनाको मृत्यु


अंकुरण खबर
689
Shares

रसुवामा गएराति टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

रसुवाको कालीका गाउँपालिका-२ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका १ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय ग्राङ प्राविका प्रधानाध्यापक राजेन्द्र तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो ।​ दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा ज्यान गएको हो ।

टिप्परमा कालीका गाउँपालिका १ का वडाध्यक्ष मालफुर्पा तामाङसहित तीन जना रहेको र दुर्घटनापछि बेपत्ता भएका वडाध्यक्ष तामाङ खोजीपछि फेला परेको प्रहरीले जनाएको छ ।