logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु


अंकुरण खबर
1.157K
Shares

मोरङ र बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान साढे चार बजेतिर उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसबाट संक्रमित भएका बाँकेको खजुराका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो।