logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ मा आज सार्वजनिक बिदा


अंकुरण खबर
4.303K
Shares

प्रदेश २ सरकारले आज प्रदेश २ भर सार्वजनिक बिदा दिने जनाएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज प्रदेश २ मा सार्वजनिक बिदा दिने भएको जनाएका हुन्। जुडशितल पर्वको अवसरमा बिदा दिइएको सार्वजनिक सूचना जारी गर्दै प्रदेशमन्त्री यादवले जनाएका छन्।

जुडशितल शितलताको आशीर्वाद दिने पर्व हो। यस पर्वको बिहानै उठेर नित्य कर्म गरी ठुलाले परिवारका आफूभन्दा साना सदस्यलाई निधारमा पानी छ्यापेर युगौयुगसम्म निधार शितल र जीवनमा सुख शान्ति समृद्धि छाओस् भनी कामना गरिन्छ।