logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा एक बालिका बलात्कृत, युवक पक्राउ


अंकुरण खबर
2.21K
Shares

मकवानपुरमा एक बालिका बलात्कृत भएकी छन्।

हेटौंडा महानगरपालिका-६ पुतलीबजार नजिकैको खहरे खोला बगरमा बुधबार राति बालिका बलात्कृत भएका हुन्।

बलात्कार आरोपमा पर्साको वीरगञ्‍ज महानगरपालिका-२३ घर भई हेटौंडामा डेरा गरी बस्‍ने २१ वर्षीय विशाल पासवानलाई पक्राउ गरेको हो।

बालिका बलात्कार भएको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एसपीसहितको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पासवानमाथि जबरजस्ती करणीको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको मकवानपुर प्रहरीले जनाएको छ।