logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पौडी खेल्ने क्रममा खोलामा डुबेर २ किशोरीको मृत्यु


अंकुरण खबर
1.599K
Shares

गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

लमजुङको  मर्स्याङ्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका २ जनाको मृत्यु भएको हो ।

घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनीहरुलाई पौडी खेल्न नआएको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् । दुवैको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ ।

बिहीबार पोस्टमार्टम गरेपछि शव परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।