मोटरसाइकलमा लिफ्ट मागेर पाकेटमार गरेको अभियोगमा रामेछापमा एक युवती पक्राउ परेकी छन्।
मन्थली नगरपालिका-६ की २१ वर्षीया लक्ष्मी भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए।
उनले एक जना ब्यक्तिसँग मोटरसाइकलमा लिफ्ट मागी २३ हजार ५ सय रुपैयाँ पाकेटमार गरेको प्रहरीले बताएको छ।
पाकेटमार गरे लगत्तै पक्राउ परेकी उनको साथबाट प्रहरीले सो रकम बरामद गरेको छ।
पक्राउ परेकी युवतीलाई विहीबार म्याद थपको लागि अदालतमा पेश गरिएको छ।