logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँड हुने


अंकुरण खबर
585
Shares

रुरु जलविद्युतले जारी गरेको आईपीओमा भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओ शुक्रबार बिहान साढे ८ बजे एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा करिब १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो। यस अनुसार कम्पनीको आइपीओमा आवेदन दिने झण्डै ९८ प्रतिशत लगानीकर्ताको हात खालि हुने प्रारम्भिक तथ्याँकले देखाउछ।