आज पनि हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा आंशिक बदलीसहित थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने छ ।
शुक्रबार राति पनि प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्टयाङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
बिहीबार राति पनि हावाहुरी चलेको थियो ।