logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रु रु जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


अंकुरण खबर
767
Shares

रु रु जलविद्युत परियोजनाको आज आईपीओ बाँडफाँड गरिएको छ ।

एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको आईपीओमा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो ।

बाँकी रहेको सात कित्ता शेयर भने १० भन्दा बढी आवेदन दिएकामध्येबाट ७ जनालाई एक-एक कित्ताका दरले थप गरिएको छ ।

गोलाप्रथामा १५ लाख ९० हजार ८९६ आवेदनलाई सहभागी गराइएको थियो। आठ हजार ५३५ आवेदन रद्द भएको थियो ।

परियोजनाले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १२० रूपैयाँका दरले कुल चार लाख सात हजार ७०६ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

सोमध्ये आठ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरूलाई छुट्याइएको थियो । बाँकी तीन लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ ।

आईपीओको नतिजा एनएमबी क्यापिटलको वेबसाइट र मेरो शेयरबाट हेर्न सकिने छ ।