logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज


अंकुरण खबर
754
Shares

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस दुईजनाको शुक्रबार संसदीय सुनुवाइ हुँदैछ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेत उच्च अदालतका न्यायाधीश नहकुल सुवेदीलाई न्याय परिषदले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेर सुनुवाइका लागि पठाएको थियो।

समितिले दुवैजना विरुद्ध सार्वजनिक रुपमा उजुरी आह्वान गर्दै सुनुवाइका लागि शुक्रबार बिहान ११ः३० बजे उपस्थित हुन निर्देशन दिएको छ।

सुवेदीविरुद्ध पाँचवटा र चुडालविरुद्ध दुईवटा उजुरी समितिमा दर्ता भएको थियो। सुवेदीविरुद्ध परेका पाँचवटै उजुरीमा सर्वोच्चको न्यायाधीश हुन आवश्यक न्युनतम योग्यता नपुगेको दाबी गरिएको छ भने चुडाविरुद्ध मुद्दा फैसला गर्दा घुस खाएको आरोप लागेको छ।

समितिले यसअघि चैत २५ गते नै सुनुवाइ गर्ने तयारी गरे पनि सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएपछि शुक्रबारका लागि सुनुवाइ सारेको थियो।