नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यो अघिल्लो दिनको कारोबारको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।
आज तेजावी सुनको मूल्य ९० हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।