काभ्रेमा ३० वर्षीया महिलालाई बलात्कारको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेको प्रहरी चौकी फोक्सीङटारले जनाएको छ ।
उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।