logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक


अंकुरण खबर
676
Shares

विपक्षीदलहरु नयाँ सरकार गठनका लागि गृहकार्यमा व्यस्त रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

शनिवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निम्ता गरेका छन् ।

अध्यक्ष ओली आफैले दाहाललाई फोन गरेर निम्ता गरेका हुन । ‘प्रधानमन्त्रीज्यूले प्रचण्डलाई फोन गरेर भोलिको सर्वदलीय बैठकमा उपस्थितिका लागि निम्तो दिनुभएको छ,’ थापाले भने ।