logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कुल-कलेज बन्द गर्ने/नगर्ने निर्णय स्थानीय तहको हातमा : शिक्षा मन्त्रालय


अंकुरण खबर
1.352K
Shares

शिक्षा, प्रविधि तथा जनसंख्या मन्त्रालयले केन्द्रले नभई स्थानीय तहले विद्यालय खुला वा बन्द गर्ने निर्णय गर्न सक्ने जनाएको छ ।

कोरोना संक्रमणका कारण अति प्रभावित १४ जिल्लाका सबै विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयलले अपील गरेपनि मन्त्रालयले विद्यालय बन्द गर्ने/नगर्ने निर्णय स्थानीय तहले लिनसक्ने जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना बढेकोले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।