logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

कोरोनापछि पहिलो पटक चार नेपाली महिलाद्वारा अन्नपूर्ण हिमालको सफल आरोहण


अंकुरण खबर
3.354K
Shares

कोरोनापछि चार जना नेपाली महिलाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पाले अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान कायम गरेका हुन्।

नेपाली महिलाले अन्नपूर्ण हिमाल आरोहण गरेको यो पहिलो पटक हो।

अन्नपूर्ण १ ट्वीटरका अनुसार उनीहरुले हिजो विहीबार हिमाल आरोहण गरिसक्नु पर्नेमा एक दिन ढिला भएर शुक्रबार आरोहण पूरा गरेका हुन् । अहिले उनीहरु हिमालको चुचुरोबाट तल झरिरहेका छन् ।

यो वर्ष हिमाल आरोहण गर्नका लागि ४९२ जनाले अनुमती लिइसकेका छन् । त्ससमा सगरमाथाका लागि मात्र २९० जनाले अनुमती लिएका छन् । यसैगरी, हिमाल लोत्से, ५५ जना, धौलागिरी हिमाल ३० जना, होटल अन्नपूर्ण ४४ जना, आमादब्लम हिमाल २७ जना मनास्लु हिमाल १ जना, टुकुचे हिमाल १ जना, तिलिचो हिमाल ८ जना, पुमोरी हिमाल ५ जना, नुप्से हिमाल २३ जना हिमाल मकालु ८ जनाले यो वर्षका लागि अनुमती लिएका छन् ।

यसमा नेपाल सरकारले ४० करोड १६ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । यसमा ३८८ जना पुरुष रहेका छन् भने १०४ जना महिला आरोही रहेका छन् ।