logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलोपालो कक्षा चलाउन विद्यालयलाई सरकारको आग्रह


अंकुरण खबर
1.534K
Shares

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै शिक्षा मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताए ।

मन्त्री श्रेष्ठले भने, ‘प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएम) ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार रहेको छ ।’

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम उल्लेख गरेका १४ जिल्ला र शहरमा विद्यालय बन्द गर्दा देशैभर विद्यालय बन्द गर्ने निर्णय डीसीसीएमले गर्न सक्ने सचिव रामप्रसाद थपलियाको भनाइ छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा चैत ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतका आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना गर्न नहुनेमा सबै पक्ष सचेत रहनु पर्ने उल्लेख गरिएको छ ।