logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धेरै समयपछि ओलीको फोन आयो, राम्रो हो कि नराम्रो हो : दाहाल


अंकुरण खबर
1.495K
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै समयपछि फोन गरेको बताएका छन्।

दाहालले शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिका भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको जानकारी दिएका हुन्।

दाहालले भने, ‘म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई, धेरै समयपछि।’ सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि ओली र दाहालबीच भेटवार्ता भएको छैन।

दाहालले भने, ‘मलाई थाहा छैन, राम्रो हो कि नराम्रो हो, धेरै समयपछि उहाँको फोन आयो।’ उनले गाउँपालिकाको पूर्वाधार विकासमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पनि बताए।